हमास प्रक्षेपास्त्र बलका उपप्रमुख सहित दर्जनौ आतंककारी मारिए :इजरायल रक्षा बल

इनेप्लिज २०८० कार्तिक ५ गते ११:१३ मा प्रकाशित

हमास प्रक्षेपास्त्र बल(रकेट फोर्स)का उपप्रमुख सहित दर्जनौ मारिएको इजरायल रक्षा बलका प्रवक्ताले बताएका छन् ।

हमासको प्रक्षेपास्त्र बल (रकेट फोर्स)का उपप्रमुख र “दर्जनौं आतंककारी” गाजामा रातभरिको हमलामा मारिएको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडम ड्यानियल हगारीले आइतबार पत्रकार सम्मलेनमा बताए ।

हगारीले गाजामा बन्धक बनाइएका व्यक्तिको संख्या २१२ रहेको पनि बताए। इजरायली रक्षा बलले गाजामा हवाई आक्रमण बढाउने शनिबार हगारीले बताएपछि उक्त दावी आएको हो।

प्रतिक्रिया