गाजामा विगत २४ घण्टामा कम्तिमा २४८ जनाको मृत्यु भएको हमास सरकारले जनाएको छ ।
गाजामा हमासद्वारा सञ्चालित सरकारी संचार माध्यम कार्यालयका अनुसार इजरायलको हवाई हमला अभियानको बीचमा दक्षिणी गाजा भूभागमा ५६ व्यक्तिहरू सहित गाजामा कम्तिमा २४८ जनाको मृत्यु भएको छ।
कार्यालयले शनिबार विज्ञप्तिमा इजरायलमा अक्टोबर ७ को हमासको हमलापछि गाजामा मर्नेको संख्या ४ हजार ३ सय ८५ पुगेको जनाएको छ ।
जसमा १ हजार ७ सय ५६ बालबालिका र ९६७ महिला छन्। विज्ञप्तिमा थप १३,५६१ जना घाइते भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया