अध्यावधिक गरिएको : प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले गाजा भूभागमा ४,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । गाजा पट्टीमा अक्टोबर ७ देखि मारिनेहरूको संख्या १,६६१ बालबालिका सहित ४,१२७ पुगेको गाजा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
प्रवक्ता अशरफ अल-किद्राले १३,१६२ जना घाइते भएको बताए ।
गाजामा, उर्जा ,औषधि, उपकरण र कर्मचारीको अभावका कारण अस्पतालहरू ध्वस्त हुने संघारमा रहेकोले मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले बिहीबार चेतावनी दिएको छ।
प्रतिक्रिया