अमेरिकी-रूसी सम्पादकलाई रुसमा विदेशी जासुस भन्दै हिरासतमा

इनेप्लिज २०८० कार्तिक २ गते ११:१४ मा प्रकाशित

अमेरिकी-रूसी सम्पादकलाई रुसमा विदेशी जासुसको रूपमा हिरासतमा लिइएको र अभियोग लगाइएको एक पत्रिकाले जनाएको छ ।

आल्सु कुर्माशेभा नामक महिला सम्पादकलाई पक्राउ गरिएको एबिसीन्यूजले जनाएको छ । उनि आरएफएल/आरएल को टाटार -बाशकीर सेवाको लागि सम्पादकको रुपमा काम गर्दै आएकी छिन ।

रेडियो फ्री युरोप/रेडियो लिबर्टीका एक पत्रकारलाई रूसमा हिरासतमा लिइएको छ र विदेशी एजेन्ट(जासुस)को रूपमा काम गरेको भन्दै आरोप लगाइएको स्थानीय समाचारले बुधबार समाचार प्रकाशित गरेको छ ।

उनको दोहोरो अमेरिकी-रूसी नागरिकता रहेको छ ।

“आल्सु एक उच्च सम्मानित सहकर्मी, समर्पित पत्नी र दुई बच्चाहरूकी समर्पित आमा हुन् ,” टाटार -बाशकीरका कार्यवाहक अध्यक्ष डा. जेफ्री गेडमिनले एक विज्ञप्तिमा भने। उनीलाई रिहा गर्न आवश्यक छ र उनी तुरुन्तै आफ्नो परिवारमा फर्कन सकून भन्दै आग्रह गरिएको छ ।

प्रागमा बस्ने कुर्माशेभा गत मे महिनामा “पारिवारिक आपतकाल” को लागि रूस गएकी थिइन् र जून २ मा फर्किने उडानको प्रतीक्षा गर्दै गर्दा उनलाई काजानको विमानस्थलमा हिरासतमा लिइएको थियो ।। अधिकारीहरूले उनको अमेरिकी र रुसी राहदानी कब्जा गरेका थिए ।

यस्तै गरि वाल स्ट्रिट जर्नलका अर्का अमेरिकी पत्रकार इभान गेर्शकोविचलाई जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको अझै थुनामा राखिएको छ ।

प्रतिक्रिया