हेजबुल्लाहले लेबनानको सीमामा रहेको इजरायली सैन्य चौकीमा बुधबार ६ वटा आक्रमण गरेको जनाएको छ ।
हेजबुल्लाहले बुधबार लेबनानी सीमामा रहेको इजरायली सैन्य चौकीमा निर्देशित क्षेप्यास्त्र , लगातार गोला छोड्ने बन्दुक (मेसिन गन) र ५७ एमएम मोर्टार(बज्र)प्रयोग गरी ६ वटा आक्रमण गरेको उग्रवादी समूहले जनाएको छ।
लडाकुहरूले अल-राहेबमा रहेको इजरायली बख्तरबन्द (ट्याङ्क), मनाराको एक पर्यवेक्षण चौकी र अन्य चार क्षेत्रमा सैन्य चौकीमा आक्रमण गरेको समूहले जनाएको छ। आक्रमणहरू पूर्वी र पश्चिमी सीमानामा भएका थिए।
हेजबुल्लाहले इजरायली सेनालाई हताहत गरेको दाबी गरेको छ। इजरायल रक्षा बल (डिफेन्स फोर्स -आईडीएफ) ले समूहको दावीमा अझै टिप्पणी गरेको छैनभनि सिएनएनले लेखेको छ ।
तीन हेजबुल्लाह लडाकू मारिएको लडाकु समूहले थप विवरणहरू नदिई बताए । लेबनानी क्षेत्रबाट प्रहार गरिएको नौ वटा प्रक्षेपास्त्र बुधबार उत्तरी इजरायलमा प्रवेश गरेको आइडिएफ ले एक विज्ञप्तिमा जनाएको छ ।
चारवटा रकेटलाई रोकेको बिज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया