गाजाको अस्पतालमा भएको आक्रमणमा परी ५०० भन्दा बढीको मृत्यु भएको हमासले जनाएको छ ।
इजरायल रक्षा बलका प्रवक्ताले “स्पष्ट रूपमा” इजरायलले आक्रमणमा संलग्न रहेको कुरालाई अस्वीकार गरेका छन् । सिएनएनलाई उनले प्यालेस्टिनी इस्लामिक जिहाद समूहले अस्पतालमा प्रहार गरेको “असफल रकेट प्रक्षेपण” को लागि जिम्मेवार रहेको बताए ।
हमासले मंगलबार गाजाको अल-अहली ब्याप्टिस्ट अस्पतालमा भएको विनाशकारी हमलापछि ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासको आधिकारिक संजालस्थल (वेबसाइट)मा उल्लेख गरेको छ भनि सिएनएनले जनाएको छ ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अस्पतालमा आक्रमण भए पछि अमेरिकी राष्ट्रपति जो बाइडेनसंगको भेटघाट रद्ध गरेका छन् ।
अस्पतालमा आक्रमण पछि आज राति प्यालेस्टिनी नेतृत्वको आकस्मिक बैठकको लागि आह्वान गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता ताल हेनरिकले मंगलबार सिएनएनलाई भने “आईडीएफले अस्पतालहरूलाई लक्षित गर्दैन,” ।
“हामीले हमासको गढ, हतियार भण्डार र आतंककारी लक्ष्यहरूलाई मात्र लक्षित गर्छौं।” उनले भने ।
गाजाबाट इजरायलतर्फ प्रहार गरिएको प्रक्षेप्यास्त्र गाजाको अल-अहली ब्याप्टिस्ट अस्पताल नजिकै गएर प्रहार भएको आईडीएफले जनाएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले “गाजामा बर्बर आतंककारीहरू” लाई गाजाको अल-अहली ब्याप्टिस्ट अस्पतालमा “आक्रमण” गरेको आरोप लगाए, जसको कारण प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अनुमानित सयौंको मृत्यु भएको बताएको छ।
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले गाजाको अल-अहली ब्याप्टिस्ट अस्पतालमा इजरायली हवाई हमलाका पीडितहरूको लागि तीन दिनको शोक घोषणा गरेका छन् ।
आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपतिले “अल-अहली अस्पतालमा इजरायली आक्रमण र कब्जाबाट मारिएका सबै मानिसहरूको लागि” पीडितहरूको लागि झण्डा आधा झुकाउन आदेश दिएका छन ।
अस्पतालले हजारौं विस्थापित मानिसहरूलाई आश्रय दिइरहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया