अक्टोबर ७ मा भएको आक्रमणपछि पश्चिम तटमा मात्रै कम्तिमा ६१ जनाको मृत्यु : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय

इनेप्लिज २०८० असोज ३० गते ११:२१ मा प्रकाशित

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार अक्टोबर ७ यता कब्जा गरिएको पश्चिम तट (वेस्ट बैंक)मा भएको हिंसामा कम्तिमा ६१ जनाको मृत्यु भएको छ।

हालैमा हेब्रोनमा एक १७ वर्षीया र नाब्लसमा एक ७२ -वर्षीय वृद्धको मृत्यु भएको बिज्ञप्तिमा जनाईएको छ । “इजरायली कब्जा सेनाको हिंसाको कारण,” वेस्ट मृत्यु भएको मन्त्रालयले बताएको छ ।

यसअघि मङ्गलबार गाजाको स्वास्थ्य मन्त्रालयले विगत १० दिनमा इजरायली हवाई आक्रमणमा कम्तिमा २ हजार ७ सय ७८ जनाको मृत्यु भएको र थप ९ हजार ९३८ जना घाइते भएको बताएको थियो।

प्रतिक्रिया