‘आतंकवादी हमला’ मा दुई स्वीडेनका नागरिकको गोली हानी हत्या भएको बेल्जियमको दाबी

इनेप्लिज २०८० असोज ३० गते ०:२८ मा प्रकाशित

बेल्जियमको राजधानी ब्रसेल्समा सोमबार साँझ दुई जनाको गोली हानी हत्या भएको छ जसलाई बेल्जियम सरकारले आतंकवादी हमलाको रूपमा ब्याख्या गरेको छ।

संदिग्ध अझै फरार रहेको बेल्जियमका संचार माध्यमले जनाएका छन् । अधिकारीहरूले ब्रसेल्समा आतंक चेतावनीलाई उच्चतम स्तरमा पुर्याएका छन ।

“ब्रसेल्सको मुटुमा भएको आतंकवादी हमलाबाट त्रसित भएको छ,” बेल्जियमका विदेशमन्त्री हड्जा लाहबिबले सामाजिक संजाल एक्सलाई प्रकाशन (पोस्ट) गरे। कट्टरपन्थी विरुद्ध लड्नका लागि सबै आवश्यक उपायहरू परिचालन गर्नुपर्छ। मृतक र उनिहरुका परिवार प्रति समवेदना प्रकट गरेका छन ।

आक्रमण पछि ब्रसेल्सको लागि आतंक खतरा स्तर ४ मा बढाइएको छ भने यसअघि बेल्जियम स्तर २ मात्र गरिएको सिएनएनले जनाएको छ ।

युरो २०२४ को योग्यता प्राप्त गर्ने लात्ते भकुण्डो (क्वालिफायर फुटबल )खेलमा बेल्जियमले आयोजना गरेको बेला यो घटना भएको हो। घटनाको कारण खेल रद्द भएको थियो।

प्रहरी सुरक्षा सुनिश्चित गर्न सडकमा रहेको नगर प्रमुख फिलिप क्लोजले सामाजिक संजाल एक्स(X)मा प्रकाशन गरेका थिए ।

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले पनि सामाजिक संजाल मार्फत ब्रसेल्समा यो कायरतापूर्ण आक्रमणमा ज्यान गुमाउनेका आफन्तहरूप्रति मेरो गहिरो संवेदना। म [बेल्जियम सङ्कट केन्द्र -क्राइसिस सेन्टर] का न्याय र गृह मामिला मन्त्रीहरूसँग मिलेर स्थितिलाई नजिकबाट पछ्याउँदै छु। हामी स्थितिको निगरानी गरिरहेका छौं र ब्रसेल्सका जनतालाई सतर्क रहन आग्रह गर्दछौं।

क्राइसिस सेन्टरले पनि सामाजिक संजाल एक्समा यस्तो प्रकाशन गरेको छ : “आज राती, ब्रसेल्समा गोलाबारी भयो। केही मारिएका पीडितहरू छन्। सम्मानको रूपमा हामी यस घटनासँग सम्बन्धित कुनै पनि तस्बिर तथा अङ्कियदृश्य( भिडियो)हरू साझेदारी(शेयर) नगर्न अनुरोध गर्दछौं।

प्रतिक्रिया