रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस इजरायल–हमास द्वन्द्व कूटनीतिक माध्यमबाट अन्त्य गर्न सहयोग गर्न तयार रहेको क्रेमलिनले बताएको छ ।
पुटिनले सोमबार धेरै नेताहरूसँग कुरा गरेको र कुराकानीमा बढ्दो इजरायल-हमास द्वन्द्वलाई सम्बोधन गरेको क्रेमलिनले जनाएको छ ।
पुटिनले इजरायल, प्यालेस्टाइन प्राधिकरण, सिरिया, इरान र इजिप्टका नेताहरूसँग कुराकानी गरेका थिए।
रुसी राष्ट्रपतिले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समेत रुस कूटनीतिक माध्यमबाट शान्तिपूर्ण रूपमा द्वन्द्वको अन्त्य गर्न मद्दत गर्न तयार रहेको बताएका थिए ।
सोमबार पाँच नेताहरूसँगको कुराकानीको क्रममा पुटिनले मध्यपूर्वमा जारी तनावलाई द्वन्द्व समाधान गर्नको लागि “दीर्घकालीन स्थिरता” मा दोष लगाए ,क्रेमलिनको पढेर सुनाईएको वक्तब्य (रिडआउट)मा उल्लेख गरिएको छ ।
क्रेमलिनका अनुसार रूसी राष्ट्रपतिले “गाजामा मानवीय अवस्थाको गम्भीरता र औषधि, खाना र अन्य महत्त्वपूर्ण सहायताको तत्काल निकासको लागि क्षेत्रको नाकाबन्दी हटाउनु पर्ने आवश्यकतामा जोड दिए।
प्रतिक्रिया