हमासले २१ वर्षीया फ्रान्सेली-इजरायली महिलालाई बन्धक बनाएको दाबी गरेको अङ्कीयदृश्य(भिडियो )सार्वजनिक

इनेप्लिज २०८० असोज २९ गते २३:१२ मा प्रकाशित

हमासले सोमबार राति २१ वर्षीया फ्रान्सेली-इजरायली महिलालाई बन्धक बनाएको दाबी गरेको अङ्कीयदृश्य(भिडियो) सार्वजनिक गरेको छ ।

अङ्कीयदृश्यमा २१ वर्षीया मिया स्किमले आफ्नो हातमा चोट लागेको र गाजामा ल्याइएको बताइन्। स्किमको परिवारका लागि एक प्रतिनिधिले सिएनएनलाई उनीहरूले अङ्कीयदृश्य(भिडियो)को प्रकाशन र प्रसारणलाई स्वीकृत गरेका थिए भनि उल्लेख गरेको छ ।

हमासले गाजामा बन्दी बनाएको यो पहिलो अङ्कीयदृश्य हो। इजरायली अधिकारीहरूका अनुसार गाजामा १९९ मानिसहरूलाई बन्धक बनाई राखिएको अनुमान रहेको बताएका छन् ।

हमासका एक प्रतिनिधिले सोमबार कम्तिमा पनि २००-२०५ को बीचमा बन्दीहरू पट्टीमा राखिएको बताए ।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा गत हप्ता स्किमको परिवारलाई उनको अपहरणको बारेमा जानकारी दिएको र अहिले उनीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।

हमासको विद्रोही शाखा अल-कसाम गुल्मका एक प्रतिनिधिले समूह बन्धकहरूको सुरक्षा गर्न “प्रतिबद्ध” छ र यसले विदेशी नागरिकता भएका बन्धकहरूलाई “जमिनमा अवसर आएमा” रिहा गर्ने बताएका थिए ।

प्रतिक्रिया