इजरायलले १९९ जनालाई हमास र अन्य विद्रोहीहरूले बन्धक बनाएको बताएको छ ।
इजरायलको सेनाले सोमबार गाजा पट्टीमा बन्धकहरूको संख्या बढाएर १९९ पुगेको बताएको छ । तर त्यसमा विदेशीहरू समावेश छन् या छैनन् भनेर नबताएको सिबिएसन्यूजले जनाएको छ ।
अमेरिकी विदेश विभागले इजरायलमा हमासको क्रूर आक्रमण पछि १३ जना अमेरिकीहरू बेपत्ता रहेको बताएको छ । अमेरिकी परिवारहरूले सिबीएस न्यूजलाई उनीहरूले आफ्ना प्रियजनहरूलाई प्यालेस्टाइनी लडाकुहरूले पक्रेको विश्वास गरेका छन्।
“हामीले १९९ बन्धकका परिवारलाई अध्यावधिक (अपडेट) गरेका छौं,” इजरायल रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले सोमबार पत्रकारहरूलाई भने। यसअघि आइडीएफले १५५ जनालाई हमासले बन्धक बनाएको बताएको थियो।
प्रतिक्रिया