दक्षिणी लेबनानमा मारिएका रोयटर्सका पत्रकारको “घटना” बारे सचेत रहेको छ : इजरायल रक्षा बल

इनेप्लिज २०८० असोज २७ गते १३:१४ मा प्रकाशित

इजरायल डिफेन्स फोर्स (आईडीएफ) अर्थात् इजरायल रक्षा बलले दक्षिणी लेबनानमा मारिएको रोयटर्स पत्रकारसँगको “घटना” बारे सचेत रहेको बताएको छ।

आईडीएफले शनिबार दक्षिणी लेबनानमा मारिएको रोयटर्स पत्रकारसँगको घटना बारेमा खोजिरहेको बताएको छ।

रोयटर्सका भिडियोग्राफर (अङ्कीयदृश्य चित्रकार )इसाम अब्दल्लाहको मृत्यु भएको थियो जब इजरायलले शुक्रबार उनी र अन्य पत्रकारहरू भेला भएको क्षेत्रमा तोप प्रहार गर्दा कम्तीमा छ जना घाइते भएका थिए।

आक्रमणको समयमा पत्रकारहरूले प्रेस लेखेको गन्जी लगाएका थिए।

आइडिएफका प्रवक्ता रिचर्ड हेच्टले शनिबार उनको मृत्यु “दुःखद कुरा” भएको बताए । प्रवक्ताले उनीहरूसँग घटनाको “अङ्कियदृश्य अर्थात् भिजुअल” छ र उनीहरूले जाँच गरिरहेको बताए ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरू अल जजीरा, एजेन्सी फ्रान्स प्रेस, र रोयटर्सका पत्रकारहरू घटनाका पीडितहरूमध्ये थिए ।

प्रतिक्रिया