गाजामा मृत्यु हुनेको संख्या १,७९९ पुग्यो

इनेप्लिज २०८० असोज २६ गते १४:११ मा प्रकाशित

गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलाबाट गाजामा कम्तिमा १,७९९ प्यालेस्टाइनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५८३ बालबालिका र ३५१ महिला रहेको मन्त्रालयले जनाएको छ ।

थप ७,३८८ जना घाइते भएका छन्, जसमा १,९०१ बालबालिका र १,१८५ महिला रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया