बेइजिङस्थित इजरायली दूतावासका एक कर्मचारीमाथि शुक्रबार आक्रमण भएको इजरायलको विदेश मन्त्रालयले जनाएको छ ।
“बेइजिङमा रहेको इजरायली दूतावासका एक इजरायली कर्मचारीमाथि आज हमला भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो आक्रमण चिनियाँ राजधानीस्थित दूतावास परिसरमा भएको थिएन।
“कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र अवस्था स्थिर छ,” विज्ञप्तिमा भनिएको छ। “आक्रमणको कारण खोजी भइरहेको छ।”
हमासले “इजरायली र यहूदीहरूमाथि आक्रमण गर्न” शुक्रबार “विश्वभरका आफ्ना सबै समर्थकहरूलाई ‘क्रोध दिवस'” मनाउन आह्वान गरेकोले इजरायली विदेश मन्त्रालयको संजालस्थल (वेबसाइट)मा एक विज्ञप्तिमा चेतावनी दिइएको छ ।
“विभिन्न देशहरूमा हिंसात्मक हुन सक्ने विरोध कार्यक्रमहरू हुनेछन् भन्ने अनुमान गर्नु उचित छ,” विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया