अध्यावधिक गरिएको : हमासको आक्रमणबाट इजरायलमा कम्तिमा १,३०० जनाको मृत्यु ,३,२२७ जना घाइते ,गाजामा १,५०० जनाको मृत्यु ,६,६१२ जना घाइते

इनेप्लिज २०८० असोज २६ गते ११:१० मा प्रकाशित

अध्यावधिक गरिएको : इजरायली अधिकारीहरूका अनुसार आतङ्ककारी समूह हमासले शनिबार हवाई, स्थल र समुद्रबाट अभूतपूर्व आक्रमण गरेपछि इजरायलमा कम्तिमा १,३०० जनाको मृत्यु भएको छ भने ३,२२७ जना घाइते भएका छन् ।

यसै गरि गाजामा, इजरायलबाट जवाफी हमलामा कम्तिमा १,५०० मानिस मारिएका छन् र अनुमानित ६,६१२ जना घाइते भएका छन् । ती संख्या बढ्ने अनुमान गरिएको छ।

इजरायल रक्षा बल (डिफेन्स फोर्स)ले शुक्रबार बिहानै “गाजा शहरका सबै बासिन्दाहरूलाई आफ्नो घर खाली गर्न” र “आफ्नो सुरक्षाको लागि दक्षिण सर्ने” आह्वान गरेपछि गाजाका लागि भू-युद्ध र खाली गर्ने आदेशको सम्भावनासँग तनाव उच्च भएको एबिसीन्यूजले जनाएको छ ।

आईडीएफले आगामी दिनहरूमा गाजा शहरमा महत्त्वपूर्ण रूपमा सञ्चालन गर्ने” योजना बनाएको छ भने नागरिकहरूलाई हानीबाट बच्न उक्त घोषणा गरेको छ ।

गाजामा रहेको संयुक्त राष्ट्र संघका टोलीका नेताहरूलाई इजरायली सेनामा रहेका आफ्ना सम्पर्क अधिकारीहरूले गाजाको उत्तरमा रहेको गाजाका सम्पूर्ण जनसङ्ख्या आगामी २४ घण्टाभित्र दक्षिणी गाजामा सर्नु पर्ने” जानकारी दिएको संयुक्त राष्ट्रका प्रवक्ताले एबीसी न्यूजलाई बताएका थिए ।

प्रतिक्रिया