फ्रान्सले युक्रेन युद्धको बिरूद्ध प्रत्यक्ष प्रसारण हुदा हुदै विरोध प्रदर्शन गर्ने रूसी पत्रकारलाई विषाक्तताको शंकास्पद अनुसन्धान गरेको छ ।
पेरिस अभियोजकहरूले रूसी पत्रकारलाई संदिग्ध विषाक्तताको अनुसन्धान खोलेका छन् जसले गत वर्ष सरकारी टेलिभिजन(दूरदर्शन)मा युक्रेन विरोधी युद्ध नारा लगाएपछि बिश्व भर प्रमुख समाचार बनेको थियो ।
मारिना ओभ्सियानिकोभाले बिहीबार आफ्नो पेरिस स्थित आवासगरिह (अपार्टमेन्ट)को ढोका खोल्दा र धुलो पदार्थ देख्दा आफू अस्वस्थ महसुस भएको प्रहरीलाई बताइन्। उनको घरमा जाँच गर्न अदालती प्रहरी (फरेन्सिक पुलिस) पठाइएको थियो।
एक पत्रकारले उनलाई दिउँसोसम्म निको भएको तर चिकित्सकको निगरानीमा रहेको बताए। ४४ वर्षीय पत्रकार र उनकी १२ वर्षीया छोरीलाई गत वर्षको अन्त्यमा रुसबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गैर-नाफामुखी संस्थाले महत्वपूर्ण भूमिका खेलेको थियो ,उनी आफ्नो डरले रुसबाट भागेकी थिइन्।
गत हप्ता मात्र, मस्कोको एक अदालतले ओभ्सियानिकोभालाई युद्धको विरोध गरेकोमा अनुपस्थितिमा साढे आठ बर्षको कारागार सजाय सुनाएको थियो।
रुसी कारागारमा परेका सबैभन्दा प्रमुख असन्तुष्टहरूमध्ये विपक्षी नेता एलेक्सी नवलानी पनि छन्, जसलाई रूसी अदालतले “अतिवाद” लाई बढावा दिएकोमा दोषी ठहर गरेको छ, जसलाई उनको पहिले नै लामो समय कारागारमा १९ वर्षले लम्ब्याइएको छ।
नाभाल्नीलाई पनि विषाक्तता गरिएको र उनि उपचारको लागि जर्मनीमा पाँच महिना बिताएका थिए ।
प्रतिक्रिया