इजरायलले आपतकालीन सरकार र युद्ध व्यवस्थापन मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रिय एकता दलका नेता बेनी गान्ट्जले बुधबार संयुक्त रूपमा घोषणा गरेका छन ।
यसै गरि जर्मनीले अहिलेसम्म १७ कक्षाका इजरायलका विद्यार्थीहरूलाई निकालेको जर्मन विदेशमन्त्री अन्नालेना बेरबकले संसदमा हमास आक्रमणका पीडितहरूको सम्झनामा एक मिनेटको मौन धारणपछि बुधबार सांसदहरूलाई बताइन्।
फ्रान्सले इजरायलका फ्रान्सेली नागरिकहरूको लागि बिहीबार तेल अभिवबाट पेरिसको लागि स्वदेश फिर्ता उडान सञ्चालन गर्ने जनाएको छ ।
बुधवार गाजामा चार स्वास्थ्यकर्मी(प्यारामेडिक )मारिएको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले बताएको छ ।
इजरायलले बुधबार “उत्तरी गाजामा प्यालेस्टिनी रेड क्रिसेन्ट एम्बुलेन्स( रुग्णबाहिणी)लाई प्रत्यक्ष रूपमा निशाना बनाउदा स्वास्थयकर्माहरु खलील अल-शरिफ, यासेर अल-मसरी र अहमद दहमान मारिएका छन ।
प्रतिक्रिया