विनाशकारी भूकम्प गएको केही दिनपछि अफगानिस्तानमा फेरि ६.३ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ ।
अफगानिस्तानमा गएको भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु भएको छ ।
एउटै परिमाण (म्याग्निच्युड)का दुईवटा भूकम्पमा १२ सयभन्दा बढीको मृत्यु भएको केही दिनपछि पश्चिमी अफगानिस्तानमा ६.३ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको छ ।
यो भूकम्प अफगानिस्तानको हेरातबाट २८ किलोमिटर (१७.३९ माइल) उत्तरपश्चिममा गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ।
बुधवार बिहान १२:४१ मिनेट बजे युनिभर्सल टाइम (युटिसि )मा गएको भूकम्पको प्रभावको बारेमा तुरुन्तै कुनै विवरण उपलब्ध नभएको एबिसीन्युजले समाचार लेखेको छ ।
त्यसको केही मिनेटपछि सोही सामान्य क्षेत्रमा ५.० परिमाण (म्याग्निच्युड)को भूकम्प गएको थियो । संयुक्त राज्य भूगर्भ सर्वेक्षणको तथ्यांक अनुसार हेरातको दक्षिणपूर्वमा रहेको चाहर बुर्जमा ४.१ को परिमाणको भूकम्प आएको थियो ।
सप्ताहन्तमा पश्चिमी अफगानिस्तानलाई हल्लाएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या आइतबार कम्तिमा १,२९४ पुगेको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार जसमा १,६०० भन्दा बढी घाइते भएका छन ।
प्रतिक्रिया