गाजामा मृत्यु हुनेको संख्या ८३० ,४ हजार २५० घाइते : इजरायलमा मृत्यु हुनेको सख्या १,००० नाघ्यो, ३ लाख इजरायली सेना मैदानमा

इनेप्लिज २०८० असोज २३ गते १६:५२ मा प्रकाशित

गाजामा मृत्यु हुनेको संख्या ८३० पुगेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ भने अन्य ४ हजार २५० जना घाइते भएका छन् ।

इन्टरनेट( अन्तर्जाल) अवरोधहरूको कारण मृत्युको संख्या अध्यावधिकलाई असर गरिरहेको मन्त्रालयले जनाएको छ ।

शनिबार बिहान हमासले गरेको अप्रत्याशित हमलाको जवाफमा देशले सम्भावित जमिन कारवाही तयारी गरिरहेको बेला लाखौ इजरायली सेना अघि बढेका छन्।

३,००,००० भन्दा बढी सेना बोलाइएको इजरायलको इतिहासमा छोटो सूचनामा सबैभन्दा ठूलो परिचालन गरिएको इजरायल रक्षा बलका प्रवक्ता जोनाथन कोरिकुसले बताए।

इजरायलमा हमासले गरेको आक्रमणपछि कम्तीमा नौ ल्याटिन अमेरिकीको मृत्यु भएको छ भने अन्य २५ जना बेपत्ता भएका छन्।

अमेरिकामा रहेको इजरायली दूतावासका अनुसार सप्ताहन्तमा हमासले इजरायलमा गरेको आक्रमणमा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

दूतावासले कम्तिमा ३,४१८ घाइते भएकोमा मृत्यु हुनेको संख्या अहिले १००८ पुगेको जनाएको छ ।

प्रतिक्रिया