अफगानिस्तानको गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

इनेप्लिज २०८० असोज २२ गते ११:२३ मा प्रकाशित

पश्चिमी अफगानिस्तानलाई हल्लाएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १,०२३ पुगेको छ भने १,६०० भन्दा बढी घाइते भएका छन्, मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालय र विश्व स्वास्थ्य संगठनले आइतबार जनाएको छ।

पश्चिमी अफगानिस्तानमा शनिबार गएको शक्तिशाली पराकम्पनपछि आएको ६.३ परिमाण (म्याग्निच्यु)डको भूकम्पले दर्जनौं मानिसको ज्यान गएको देशको राष्ट्रिय प्रकोप निकायले जनाएको छ। हेरात शहरनजिकै शनिबार ६.३ परिमाण (म्याग्निच्युड)को दुईवटा भूकम्प गएको छ ।

अफगानिस्तानको सूचना र संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले तत्काल मद्दतको लागि आह्वान गर्दै करिब छ वटा गाउँ ध्वस्त भएका छन् र सयौं नागरिकहरू भग्नावशेषमुनि दबिएका छन्।

अफगानिस्तानमा मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयका अनुसार स्थानीय समय अनुसार बिहान ११ बजे हेरात शहरबाट ४० किलोमिटर पश्चिममा भूकम्प गएको थियो। छिमेकी बाघिस र फराह प्रान्तमा यसको धक्का महसुस गरिएको थियो ।

प्रकोप निकायका प्रवक्ता मोहम्मद अब्दुल्लाह जानले हेरात प्रान्तको जेन्डा जान जिल्लाका चारवटा गाउँमा भूकम्प र पराकम्पन गएको बताए।

अफगानिस्तानमा विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार १२ वटा एम्बुलेन्स(रुग्णवाहिनी)हरू जेन्डा जानलाई अस्पतालमा घाइतेहरूलाई बाहिर निकाल्न पठाएको छ।

यस प्रकोपले हालसम्म करिब ४,२०० मानिसहरूलाई असर गरेको छ । लगभग ६०० परिवार , ४६५ घरहरू ध्वस्त र १३५ क्षतिग्रस्त भएको विवरण प्राप्त गरिएको छ। सबैभन्दा बढी प्रभावित गाउँ महल वडाखा रहेको छ ।

प्रतिक्रिया