इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट बिहानै भएको अप्रत्याशित हमलापछि इजरायल युद्धमा रहेको जानकारी दिएका छन् । यस आक्रमणमा कम्तिमा कम्तिमा २२ जनाको मृत्यु भएको घोषणा गरे।
हमासले आफ्ना लडाकुहरूले प्याराग्लाइडर(बिना यन्त्रको अर्ध वायुयान )हरू प्रयोग गरेर जमिन, समुद्री र हवाई मार्गबाट इजरायलमा प्रवेश गरेपछि सीमा नजिकै धेरै इजरायली सैनिकहरूलाई कब्जा गरेको दाबी गरेको छ।
इजरायल रक्षा बलले आफ्ना सेना कम्तिमा आधा दर्जन स्थानमा लडिरहेको बताएको छ । शनिबारको आक्रमण १९७३ युद्धको ५० औं वर्षगाँठमा आएको हो जसमा अरब राज्यहरूले यहूदी क्यालेन्डर( पात्रो )को सबैभन्दा पवित्र दिन योम किप्पुरमा इजरायललाई ध्वस्त पारेका थिए।
हमासले शनिबार बिहान गाजा सीमा नजिकै इजरायली सैनिकलाई आफ्नो अकस्मात आक्रमण गर्दा कब्जा गरेको बताएको छ।
उग्रवादी समूहले सार्वजनिक गरेको अङ्किय दृश्य (भिडियो)मा नागरिक पोशाक लगाएका कम्तीमा तीनजनालाई बन्दुकको टाउकोमा राखिएको देखिएको छ । हमासले ती पुरुष इजरायली सैनिक भएको बताएको छ ।
उक्त अङ्कियदृश्यमा प्यालेस्टिनी बन्दुकधारीहरूले इजरायली सैनिकलाई ट्याङ्की(बख्तरबन्द )बाट तानेको देखिन्छ। इजरायलमा शनिबार बिहान भएको हिंसाका दृश्यहरु बिधुतिय माध्यममा प्रसारित हुन थालेका छन्, जसले संसारलाई जमिनमा अराजकताको झलक दिएको छ ।
त्यहाँका बासिन्दाहरूले इजरायली टिभी(दुरदर्शन)लाई आतङ्ककारीहरूले घरहरूमा पस्ने प्रयास गरिरहेको बताए । दुई इजरायली समुदायका बासिन्दाहरूले देशको सरकारी दूरदर्शन (च्यानल १२ टेलिभिजन स्टेशन)लाई गाजाका आक्रमणकारीहरूले उनीहरूको घरमा छिर्ने प्रयास गरिरहेको बताए। तिनीहरूले इजरायल रक्षा बलहरूबाट सहयोगको लागि दूरदर्शन (टेलिभिजन)मा बारम्बार बिन्ती गरेको सिएनएनले जनाएको छ ।
गाजाबाट इजरायलमा करिब २,२०० रकेट (अग्नी बान )प्रहार गरिएको आईडिएफ ले जनाएको छ
प्रतिक्रिया