भर्जिनियामा नेपाली कांग्रेसका नेता, केन्द्रिय सदस्य एवम् समाजवादी चिन्तक चन्द्र भंडारीसँग अन्तरक्रिया गरिने

इनेप्लिज २०८० असोज १९ गते १:५४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता, केन्द्रिय सदस्य एवम् समाजवादी चिन्तक आदरणिय चन्द्र भंडारीज्यू छोटो समयका लागि एउटा विशेष भ्रमणको सिलसिलामा हाल वासिंटन डिसीमा रहनु भएको हुंदा वहांको स्वास्थ्य अवस्थालाई ख्याल गरेर वहांसंग एउटा छोटो भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम तपसिल वमोजिमको स्थान, समय र मितिमा आकस्मिक रूपमा राखिएको छ ।

अतःवहांको महत्वपुर्ण विचारहरू सुन्न , वहांको स्वास्थ्य अवस्थालाई नजिकैवाट नियाल्न र वहांको सिघ्र स्वास्थ्य लाभको कामनाको लागि आयोजित यस कार्यक्रमको यहांको लोकप्रिय संचार माध्यम मार्फत प्रत्यक्ष प्रसारण गर्न र समाचार वनाई संसारभर पुर्याई दिनु हुन हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछु।

याम कुमार सिटौला
कार्य वाहक सभापति
नेपाली जन सम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टर ।

स्थानः
1577 Spring Hill Rd Vienna 22182
समयः 5:30 PM
मितिः 10/06/ 2023 ( भोली शुक्रवार सांझ ५ः३० वजे )
जय नेपाल ।

प्रतिक्रिया