अमेरिकाकोम न्यूयोर्क शहरमा १४१ पछि सबैभन्दा धेरै वर्षा भएको छ । उक्त वर्षा सेप्टेम्बर १८८२ पछि न्यूयोर्कमा ज्यादै वर्षा भएकोले सडक ,राजमार्ग र अधिकांश स्थानमा बाढी आएकोले जनजीवन प्रभावित परेको छ ।
एबिसीन्युजले जनाए अनुसार जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा किर्तिमानी ८:५८ इन्चको वर्षा भएको छ । न्यूयोर्क शहरमा ठूलो बाढीको आएकोले क्षेत्र डुबानमा परेका छन्।
न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया र कनेक्टिकटमा भारी वर्षाको कारण न्यूयोर्क शहरले ठूलो बाढीको सामना गरिरहेको छ। म्यानह्याटन ,ब्रुकलिन, क्वीन्स, ब्रंग्स, स्टेटन आइल्याण्ड र लङ आइल्याण्डमा गत शुक्रबार बाढीको चेतावनी जारी गरिएको थियो।
सबैभन्दा गम्भीर बाढी ब्रुकलिनमा परेको छ जसमा गत २४ घण्टामा ७ इन्च भन्दा बढी वर्षा भएको छ। न्यूयोर्कका गभर्नर क्याथी होचुल र न्यु जर्सीका गभर्नर फिल मर्फीले आपतकालीन अवस्था घोषणा गरेका छन्।
वर्षा दर शुक्रबार बिहान ब्रुकलिनमा २ इन्च प्रति घण्टा नाघेको छ ।
न्यू योर्क शहरका नगर प्रमुख (मेयर )एरिक एडम्सले शुक्रबार एक पत्रकार सम्मेलनमा मार्फत “यदि तपाईहरु घर मै हुनुहुन्छ भने, घरमै बस्नुहोस्,” भनि आह्वान गरे । उनले “हामी सम्भवतः दिन समाप्त हुनु अघि ८ इन्च वर्षा देख्न सक्छौं।” भनि पत्रकार सम्मेलनमा बताए ।
एडम्सले शुक्रबार साँझ सम्म कुनै पनि मृत्यु वा गम्भीर चोटपटक नभएको बताए। उनले पहिलो प्रतिक्रियाकर्ताहरूले बाढीको कारण तीन वटा छिडी (बेसमेन्ट )र १५ वटा आवासगृह (अपार्टमेन्ट)बाट मानिसहरूलाई उद्धार गरेको बताए ।
न्यूयोर्क शहरमा गत शुक्रबार हिडडुल नगर्न सूचना जारी गरिएको थियो। महानगर यातायात निकायका प्रमुख जानो लिबरले मानिसहरूलाई बर्षमा यात्रीयन (बस )बाट यात्रा गर्न आग्रह गरे।
शुक्रबार रातिसम्म न्यूयोर्क शहरमा वर्षा हल्का हुनेछ। वर्षा शनिबार बिहान जारी रहनेछ तर शनिबार दिउँसोसम्म वर्षा पूर्वोत्तरबाट बाहिर सर्नेछ भनि एबिसीले जनाएको छ ।
न्यूयोर्क शहरले यस महिना १४ इन्च भन्दा बढी वर्षा देखेको छ । न्युयोर्क शहरमा सेप्टेम्बरमा औसत वर्षा मात्र ४.४३ इन्च हुन्छ तर यस पटक सेप्टेम्बर १८८२ पछि सबैभन्दा धेरै वर्षा भएको छ।
न्युयोर्कको लगौरडियामा सबै उडानहरू भारी वर्षाको कारण गत शुक्रवार बिहान रोकिएको थियो ।
प्रतिक्रिया