गत बुधबार राती अमेरिकी पावरबल नामक चिट्ठा खोल्दा कसैलाई नपरे पछि रकम वृद्धिको साथै आगामी शनिबार खुल्ने भएको छ । गत बुधबार उक्त चिट्ठाको कूल रकम ८३५ मिलियन (८३ करोड डलर) पुगेको थियो । बुधबार सबै अङ्क कसैको पनि नमिले पछि अब उक्त पावरबल चिट्ठा बिजेता हुने महाभाग्यशालीले ९२५ मिलियन अर्थात् ९२ करोड डलर हात पार्ने भएका छन् ।
गत बुधबार खोलिएको चिट्ठाका अङ्कहरु क्रमस १,७,४६ ,४७ ६३ सेतो बल (भकुण्डो) तथा ७१ रातो बल(भकुण्डो) रहेको थियो । आगामी शनिबार राती खुल्ने चिट्ठा विश्वको अहिले सम्म कै सबै समयको नवौं-ठूलो चिट्ठा पुरस्कार हुनेछ ।
यसअघि जुलाई १९ मा ठूलो राशिको चिट्ठा क्यालिफोर्नियामा खरिद गरिएको खरिदकर्ताले सबै पाँचवटा सेतो बल(भकुण्डो) र रातो पावरबल(मुख्य भकुण्डो)मिलाई १.०९ बिलियन (अर्ब )डलर जितेका थिए ।
चिट्ठा विजेताहरूले तत्काल सबै नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्। अहिले सम्म कै सबैभन्दा ठूलो चिट्ठा नोभेम्बर २०२२ मा क्यालिफोर्नियाका एक बिजेताले २.०४ बिलियन डलर जितेका थिए ।
शनिबार राती खुल्ने चिट्ठाका बिजेताले नगद लिन चाहेमा ४३२.४ मिलियन डलर प्राप्त गर्न सक्नेछन । पावरबल ४५ राज्यका साथै वाशिंगटन डिसी, पुर्टो रिको र युएस भर्जिन टापुहरूमा समेत खेलिन्छ।
प्रतिक्रिया