ताइवानको कारखानामा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
दक्षिणी ताइवानमा रहेको गल्फ बल(भकुण्डो) कारखानामा भएको आगलागी र त्यसपछिको विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन्।
पिङतुङ काउन्टीमा रहेको कारखानामा शुक्रबार राति सुरु भएको आगलागी रातभरि फैलिएको हो । मृतकमध्ये तीन अग्नि नियन्त्रक पनि रहेको अधिकारीहरूले बताएका छन्।
उद्धारकर्ताहरूले अझै चार कारखाना कामदार र एक अग्नी नियन्त्रकको खोजी गरिरहे को अधिकारीहरूले बताए । एक सयभन्दा बढी घाइतेलाई अस्पताल लगिएको थियो भनि एबिसीन्युजले समाचार प्रकाशित गरेको छ ।
ताइवानका राष्ट्रपति साई इङ-वेनले शनिबार ताइपेईमा सम्बोधन गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रकोपबाट प्रभावितहरूलाई भेट्न पिङतुङ जाने बताइन ।
पिङटुङ काउन्टीका न्यायिक अधिकारीले सामाजिक संजालमा आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए। अधिकारीहरूले विस्फोट प्राकृतिक ग्यासको कारण हुन् सक्ने बताएका छन् भने अग्निनियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका बेला भएको थियो।
प्रतिक्रिया