युक्रेनले क्राइमियामा रहेको रुसको ब्ल्याक सी फ्लीट(कालो सागरको नौसेना)को मुख्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको रुसद्वारा नियुक्त सेभास्टोपोलका गभर्नरले भने ।
“शत्रुले नौसेनाको मुख्यालयमा क्षेप्यास्त्र हमला गरेको छ,” सेवास्तोपोलका गभर्नर मिखाइल रज्भोजाइभले टेलिग्राममा भने।
सेवास्तोपोल ,रूसको कालो सागरको नौसेना (ब्ल्याक सी फ्लीट )मुख्यालयको घर, क्राइमियाको युक्रेनी प्रायद्वीपको सबैभन्दा ठूलो शहर हो जुन २०१४ मा मस्कोको सेनाले अवैध रूपमा कब्जा गरेको थियो।
क्षेप्यास्त्र हमलापछि भग्नावशेष “सयौं मिटरसम्म छरिएको” रूसी सरकारी संचार माध्यमले समाचार दिएको छ ।
रुसी-नियुक्त गभर्नरले परिचालन सेवाहरू आक्रमणको घटनास्थलमा गएको र कुनै पनि हताहतीको बारेमा जानकारी स्पष्ट भै नसकेको बताए। उनले अर्को आक्रमण हुनसक्ने चेतावनी दिए र बासिन्दाहरूलाई शहरको केन्द्रबाट बच्न र भवनहरू नछोड्न आह्वान गरेका छन् ।
प्रतिक्रिया