कोलोराडोमा “सुश्री पारिजात” चर्चा हुँदै

इनेप्लिज २०८० असोज २ गते २:५१ मा प्रकाशित

साहित्यकार गोविन्द गिरी प्रेरणा लिखित “सुश्री पारिजात” कृतिको कोलोराडोमा चर्चा कार्यक्रम हुने भएको छ ।
यही २२ सेप्टेम्बर शुक्रवार एक कार्यक्रमका वीच साहित्यकार प्रेरणासँग भेटघाट तथा सुश्री पारिजात बारे चर्चा हुन लागेको हो ।
यो पुस्तक प्रकाशित भएदेखि नै चर्चामा रहेको छ । गैर आख्यानतर्फ शिलापत्र उत्कृष्ट पुस्तक घोषित यो पुस्तकले जीवनी विधामा यस वर्षको यशश्वी बुक अवार्ड समेत प्राप्त गरेको थियो ।


विगत २ दशकदेखि अमेरिकाको भर्जिनियालाई कर्मभूमि बनाएका साहित्यकार प्रेरणाको यो २७औं कृति हो ।

प्रतिक्रिया