जेलेन्स्की संयुक्त राष्ट्र महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न न्यूयोर्क आइपुगे ,उनले युद्धमा घाइते भएका युक्रेनी सैनिकलाई भेटे

इनेप्लिज २०८० असोज २ गते १:३३ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन सोमबार न्यूयोर्क आइपुगेका छन् । युक्रेनले रुसी सेना विरुद्धको प्रति आक्रमणलाई अगाडि बढाउन दबाब दिन समर्थनका लागि उनले धेरै विश्व नेताहरूसँग भेट्ने तयारी गरेका छन्।

जेलेन्स्कीले यस हप्ताको अन्त्यमा वाशिंगटन डिसीमा राष्ट्रपति जो बाइडेन र अमेरिकी सांसदहरूसँग भेट्ने कार्यक्रम रहेको छ।

यसैबीच, युक्रेनी सेनाले बखमुत नजिकैका दुईवटा प्रमुख गाउँहरू पुनः कब्जा गरेपछि देशको पूर्वी भागमा युद्ध जारी छ।

जेलेन्स्कीले यस हप्ता व्यक्तिगत रूपमा महासभालाई सम्बोधन गर्नेछन् । तर पहिले उनले न्यूयोर्कमा पुनर्स्थापना भइरहेको युक्रेनी सैनिकहरूसँग सोमबार भ्रमण गरे।

विभिन्न विश्व नेताहरू मध्ये, जेलेन्स्कीले बुधबार पहिलो पटक ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग व्यक्तिगत रूपमा भेट गर्ने एक प्रवक्ताले भने। युक्रेनको युद्ध विश्व नेताहरूको सम्मेलनमा कार्यसूची (एजेन्डा)मा महत्त्वपूर्ण बिषय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया