शिकागोको उपनगरीय घरमा दम्पती, २ बालबालिका र ३ कुकुरलाई गोली हानी मारिएको अवस्थामा फेला

इनेप्लिज २०८० असोज १ गते २३:४५ मा प्रकाशित

अमेरिकाको इलोनोइस राज्यको बिश्व प्रसिद्ध शहर शिकागोको उपनगरीय घरमा दम्पती, २ बालबालिका र ३ कुकुरलाई गोली हानी मारिएको अवस्थामा फेला परेको छ ।

बेलुका ८ः४० बजे शव फेला परेको एबिसीन्यूजले जनाएको छ । रोमियोभिलका प्रहरी उपप्रमुख क्रिस बर्नले सोमबार पत्रकारहरूलाई पीडितका आफन्तहरूले स्वास्थ्य जाँच गर्न अनुरोध गरे पछि अधिकारीहरूलाई घर पठाएको बताए ।

पीडितहरूलाई शनिबार राति र आइतबार बिहानको बीचमा गोली हानेको विश्वास गरिएको बर्नले भने। मृत्युलाई हत्याको रूपमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

वयस्कहरूको पहिचान भएको छ जसमा पीडितहरुमा रोबर्टो रोलोन र जोरैडा बार्टोलोमी रहेका छन । उनीहरूका छोराछोरीको नाम र उमेर अहिले सार्वजनिक गरिएको छैन ।

“परिवारको एक सदस्य आइतबार बिहान ६ बजे काममा आएनन र दिनभर आफ्नो दूरसंचार (घुम्ती यन्त्र)हरुको पनि जवाफ दिएनन्,” बर्नले भने। जवाफ नआए पछि “परिवारका सदस्यहरू चिन्तित भएको ” उनले भने ।

रोमियोभिल शिकागोको दक्षिणपश्चिममा लगभग ३० माइल (४८ किलोमिटर) टाडा छ।

प्रतिक्रिया