उत्तर कोरियाले नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो देशमा निम्तो दिएको बताएको छ । यसअघि दुई नेताबीच करिब पाँच घण्टा भेटवार्ता भएको थियो ।
उत्तर कोरियाका नेता उनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
उत्तर कोरियाको सरकारी संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किमले पुटिनलाई “सुविधाजनक समयमा” उत्तर कोरिया भ्रमण गर्न “हार्दिक रूपमा” निमन्त्रणा दिए ।
पुटिनले खुशीका साथ निम्तो स्वीकार गरे र मित्रताको इतिहासलाई निरन्तर अगाडि बढाउने आफ्नो इच्छालाई पुन: पुष्टि गरे । अघिल्लो दिन दुई नेताले आफ्नो शिखर वार्ता गरेका थिए । रुसको सुदूर पूर्वमा रहेको अन्तरिक्ष आधारको पनि भ्रमण गरे र पश्चिम राष्ट्रहरु विरुद्ध एकीकृत मोर्चाको संकेत दिएका छन् ।
कोरियाली नेता किमले छिमेकी युक्रेनमा रुसको आक्रमणलाई आफ्नो देशले समर्थन गरेको बताएका छन् ।
उच्चस्तरीय बैठक दिउँसो २ः३० बजे सुरु भएको थियो । पुटिनले गत सोमबार उत्तर कोरियासँगको पूर्वी रुसको सिमाना नजिक रहेको बन्दरगाह सहर भ्लादिभोस्तोकको दुई दिने भ्रमण सुरु गरेका थिए ।
प्रतिक्रिया