किमले पुटिनलाई रुसले युक्रेनमा मस्कोको युद्धको समर्थन गर्दै “दुष्ट शक्तिहरू” लाई पराजित गर्ने बताए

इनेप्लिज २०८० भदौ २७ गते १०:५८ मा प्रकाशित

रुस पुगेका उत्तर कोरियाली किम किम जोङ उनले भ्लादिमिर पुटिनलाई रुसले युक्रेनमा मस्कोको युद्धको समर्थन गर्दै “दुष्ट शक्तिहरू” लाई पराजित गर्ने बताएक छन् ।

किमले पुटिनसँगको राजकीय रात्रिभोजमा टोस्ट गर्नु अघि (शुभकामनाको लागि मध्यपान प्यालामा लिनु )भने : “म विश्वस्त छु कि रुसी जनता र यसको सेनाले महत्वाकांक्षी रूपमा प्रभुत्व र विस्तारको पछि लाग्ने दुष्ट शक्तिहरूलाई दण्ड दिनको लडाईमा विजयी हुनेछन्।”

उनले युक्रेनको नाम भने लिएनन् तर रुसको “सैन्य कारवाही” लाई उल्लेख गरे भनि सिएनएनले जनाएको छ । किमले अगाडी भने “रूसी सेना र यसका जनता “सैन्य अभियान” को अग्रपंक्तिमा आफ्नो प्रतिष्ठा प्रदर्शन गर्नेछन्।

उनी र पुटिनबीच “कोरियाली प्रायद्वीप र युरोपको राजनीतिक र सैन्य परिदृश्य” मा पुटिनसँग “गहिरो छलफल” भएको बताए ।

किमले दुई देशहरू बीच “१०० वर्षको मित्रताको नयाँ युग” स्थापना गर्ने वाचा गरे। उनले प्यालामा मध्यपान लिदै “महान रूसको नयाँ विजय” र पुटिनको स्वास्थ्यको लागि टोस्ट प्रस्ताव गरे ।

प्रतिक्रिया