विराटनगर,२५ भदौ । कोसी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीहरु समक्ष हार्दिक अपिल गरेको छ ।
कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्यमन्त्री तिलकुमार मेयाङबो (लिम्बु)ले आज यहाँ एक प्रेस विज्ञप्ति जारी विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई विथोल्ने गरी समाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट श्रङखलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।
विज्ञप्तिमा विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमाा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको शुसम्बन्धलाई खलल पार्ने, धार्मिक, साँस्कृतिक तथा सामााजिक एकता र सद्भावलाई विथोल्ने गरी समाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृब्खलावद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामाग्री प्रति कोशीप्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गरिएको छ ।
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको
धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव विथोल्ने गरी व्यक्त्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विषयको संवेदनशिलता र गाम्भिर्यतालाई ध्यानमा राखि प्रदेश भित्रका सबै राजनीतिक दल,जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय संघ सस्थाहरु, सामाजिक सञ्जालकाप्रयोगकर्ता र समाजका अग्रज व्यक्त्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै
धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न विज्ञप्तिमार्फत कोसी प्रदेश सरकारले हार्दिक अपिल गरेको छ ।
प्रतिक्रिया