उत्तर कोरियाली नेता किम जोङ उन रेलयानमा रुस जाँदै गरेको देखिएको छ । सिएनएनले उनि रुस जाँदै गरेको अङ्कियदृश्य (भिडियो)समेत प्रकाशित गरेको छ ।
धेरै दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सोमबार सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्भावित बैठकको उत्तर कोरियाली नेता उन रुस जादै गरेको समाचार प्रकाशित गरेका छन् ।
रुस र उत्तर कोरियाले औपचारिक रूपमा भेटवार्ताको पुष्टि गरेका छैनन । क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले सरकारी संचार माध्यमलाई दिएको जानकारी अनुसार पुटिन सोमबार पूर्वी रुसी शहर भ्लादिभोस्टोक पुगेका छन ।
भर्खर आएका संचार माध्यमका सूचना र समाचार अमेरिकी अधिकारीहरूले गत हप्ता चेतावनी दिएपछि आएका छन् । गत हप्ता नै अमेरिकी अधिकारीहरुले किम र पुटिनले उनीहरूका दुई देशहरू बीच हतियार वार्ता अगाडि बढ्ने क्रममा भेट्ने अपेक्षा गरिएको बताएका थिए ।
सन् २०११ मा सत्ता ग्रहण गरेपछि यो किमको १०औँ यात्रा पनि हुनेछ। किमले बिगत वर्षहरुमा चिनियाँ नेता सी जिनपिङसँग भेट्नका लागि चार पटक चीनको भ्रमण पनि गरे र उनले अप्रिल २०१९ मा भ्लादिभोस्टोकमा पुटिनसँग एकपटक भेट गरेका थिए भनि सिएनएनले जनाएको छ ।
भ्लादिभोस्तोक उत्तर कोरियासँगको सिमानाबाट १३० किलोमिटर (८० माइल) टाढा अवस्थित छ।
गत मंगलबार, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यदि उत्तर कोरियाले रसियासँग हतियार सम्झौता गर्छ भने उत्तर कोरियाले यसको “मूल्य तिर्नेछ” भनि चेतावनी दिएका थिए । उत्तर कोरिया पहिले नै संयुक्त राष्ट्रसंघ र अमेरिकाले प्योङयाङमाथि लगाएको प्रतिबन्धमा छ ।
प्रतिक्रिया