बेलायती प्रहरीद्वारा लण्डन झ्यालखानाबाट भागेका आतंकवादी संदिग्ध ड्यानियल खलिफ पक्राउ

इनेप्लिज २०८० भदौ २३ गते १२:४७ मा प्रकाशित

बेलायती प्रहरीले लण्डन झ्यालखानाबाट भागेका आतंकवादी संदिग्ध डेनियल खलिफलाई पक्राउ गरेको छ ।

आतंकवादको आरोपमा सुनुवाइको पर्खाइमा लन्डन कारागार (जेल)बाट भागेका एक पूर्व सिपाहीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ड्यानियल अबेद खलिफ चार दिनसम्म फरार भएका थिए । उनलाई पक्राउ गर्न ठूलो खोजी लागेको थियो । लन्डन प्रहरी उनलाई पश्चिमी लन्डनको चिसविकमा पक्रन सफल भएको छ । बेलायती झ्यालखाना (जेल)बाट खलिफ नाटकीय रूपमा भागेको घटनालाई लण्डनका प्रहरी प्रमुखले ‘पूर्व नियोजित’ भनेका छन्।

खलिफ बुधबार वान्ड्सवर्थ झ्यालखाना खाना ढुवानी गर्ने भारबाहक (ट्रक)को तलबाट भागेका थिए। २१ वर्षीय खलिफलाई सैन्य आधारमा नक्कली बम राखेको र “शत्रुका लागि उपयोगी हुन सक्ने” जानकारी सङ्कलन गरेर बेलायतको आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ।

उनलाई यस वर्षको सुरुमा पक्राउ गरेपछि बेलायती सेनाबाट बर्खास्त गरिएको थियो र उनले आरोप अस्वीकार गरेका थिए। उनको सुनुवाई नोभेम्बरमा तोकिएको छ।

लन्डन प्रहरीले सूचना दिनेलाई २५ हजार डलरको इनाम प्रस्ताव गरेको थियो। खोजी कार्यमा करिब १५० आतंकवाद बिरुद्ध लड्न सक्ने बिशेष प्रहरीहरु खटाईको महानगरीय प्रहरीले जनाएको छ भनि सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया