हङकङमा १८८४ पछि सबैभन्दा बढी वर्षा भएको छ । १३९ बर्ष पछि आएको भारी बर्षको कारण जनजीवन ज्यादै प्रभावित भएको छ । किर्तिमान बर्षाको कारण शुक्रबार हङकङको धेरैजसो भागलाई पक्षाघात गरेको छ ।
अचानक बाढीले रेल स्थानक (मेट्रो स्टेशन)हरू डुबानमा परेको छ । सडकमा चालकहरू फसेका छन् भनेअधिकारीहरूले बिधालयहरू बन्द गरेका छन ।
जनतालाई सुरक्षित आश्रय खोज्न आग्रह गरेको सिएनएनले जनाएको छ ।
भारी वर्षाले ७.५ मिलियन( ७५ लाख )को घनत्व भएको शहरलाई डुबानमा पारेको छ । केही क्षेत्रहरूमा सडकहरूमा आएको बाढीले सवारी साधनहरूमा अड्किएका छन् ।
बाढी बिहीबार राती सुरु भएको हो । हङकङ प्रयोगशाला (अब्जर्भेटरी)ले राति ११ बजेको बीचमा १५८ मिलिमिटर (६.२ इन्च) भन्दा बढी पानी अभिलेख (रेकर्ड) गरेको छ । र मध्यरातमा १८८४ अभिलेख (रेकर्ड )सुरु भएयता सबैभन्दा धेरै घण्टा वर्षा भएको सरकारीले एक समाचार विज्ञप्तिमा उल्लेख गरेको छ ।
मौसम बिभागका अनुसार शहरका केही भागहरूमा २४ घण्टामा झण्डै ५०० मिलिमिटर (१९.७ इन्च) वर्षा भएको छ । बासिन्दाहरूलाई आश्चर्यचकित तुल्याएको छ । शुक्रबार दिउँसोसम्म मुसलधारे पानीबाट ११९ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको हङकङको अस्पताल निकायले जनाएको छ।
प्रतिक्रिया