भर्जिनियाको अर्लिङ्गटन बिशाल बजारमा २ जना साना बच्चाहरू गाडी भित्रै छोड्दा आमालाई लापरवाहीको आरोप

इनेप्लिज २०८० भदौ २१ गते ११:२६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको अर्लिङ्गटन शहरको एक बिशाल बजारमा २ जना साना बच्चाहरू गाडी भित्रै छोड्दा आमालाई लापरवाहीको आरोप लगाईएको छ । उनले गाडी भित्र बच्चा छोडे पछि उनको गाडीलाई टो अर्थात् तानेर लगिएको थियो ।

बच्चाहरुलाई मल (बिशाल बजार)भित्र जान छोड्दा उनले अवैध रुपमा अडान गरिएको (पार्किङ )गरेको प्रहरीले जनाएको छ ।

गत मङ्गलबार बिहान करिब ११ बजे, सुइटल्याण्ड, मेरील्याण्डकी २६ वर्षीया चौकिना थोमस पेन्टागन शहरको बिशाल बजारबाट बाहिर निस्किन । उनको १ र ३ वर्षका बच्चाहरु सहित कसैले उनको गाडी चोरेको सोचिन र उनले ९११ प्रहरीलाई खबर गरिन ।

प्रहरीका अनुसार टो ट्रक कम्पनी एडभान्स टोविङ( तानेर लाने गाडी )ले एनबिसी वाशिंगटन (न्युज फोर)लाई बालबालिकाहरु पछाडिको सिट(आसन)मा उनीहरु नदेखिएको बताए ।

थोमसलाई आफ्ना बच्चाहरुसँग पुनर्मिलन गराईएको थियो। प्रहरीका अनुसार थोमसले गाडीलाई वातानुकुलित् (एयरकन्डिसन ) अवस्थामा राखी बिशाल बजार गएकी थिइन् जसको कारण बच्चाहरूको स्वास्थ्य राम्रो थियो ।

प्रतिक्रिया