अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियोको घरबाट दम्पतीको अपहरण भएको छ भने प्रहरीका अनुसार ५ बालबालिकाहरुलाई छोडिएको प्रहरी बताएका छन् ।
पाँच बालबालिकालाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । सान एन्टोनियोमा प्रहरीले बुधबार सेप्टेम्बर ६ का दिन बिहान घरबाट अपहरण गरिएका एक पुरुष र महिलाको ब्यापक खोजी गरिरहेको छ।
प्रहरी अधिकारीहरूले खबर पाए पछि बिहान ६ बजे नै प्रहरीहरुले दम्पतीको घरमा पुगेको र उनीहरुले त्यहाँ पाँच जना बच्चाहरू भेट्टाएका थिए ।
बच्चाहरूले प्रहरीलाई दिएको सूचना अनुसार अज्ञात संदिग्धहरू भित्र पसे र “जबरजस्ती ” पीडितहरूलाई लगेको बताए ।
अपहरणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया