नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा नेपाली कांग्रेसको सह-महामन्त्री यादव माथि सांघातिक आक्रमणको निन्दा र भत्सर्ना

इनेप्लिज २०८० भदौ २० गते २२:४१ मा प्रकाशित

यही भाद्र २० का दिन, रिपोटर्स क्लवको कार्यक्रम पछि नेपाली कांग्रेसको सह-महामन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरी भएको सांघातिक आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भत्सर्ना गर्दछ ।

अभिव्यक्ति स्वतन्त्रता र कानुनी राज्य भएको लोकतान्त्रीक गणराज्य नेपालमा नेताहरू माथि भएको यस्तो अराजक र सांघातिक हमलाको घटनाले मुलुककै गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव माथि यस्ता क्रुर प्रकृतिका सांघातिक आक्रमण गर्ने जो कोही व्यक्ति या समुहलाई चॅाडो भन्दा चॅाडो कानुनी दायरामा ल्याई कडा कारवाही गर्न समिति नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

साथै नेपाली कांग्रेसका सह- महामन्त्री महेन्द्र यादवको समिति शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ । जय नेपाल !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया