गुन्यु चोलो र दौरा सुरुवाल लगाएर लण्डन बिग हाफ म्याराथनमा नेपालीहरुको दौड कीर्तिमान

इनेप्लिज २०८० भदौ १८ गते १२:४१ मा प्रकाशित

लण्डन — बेलायतको प्रसिद्ध दौड़ कार्यक्रमहरु मध्यको एक उत्कृष्ट “बिग हाफ़ म्यारथन” मा २०० बढ़ी नेपाली मूलका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका छन् । अघिल्लो बर्षमा भन्दा उल्लेख्य रुपमा सहभागिता बढे संगै स्वास्थ्य र तन्दुरुस्ती प्रबर्धन गर्न दौडका विभिन्न प्रयासहरु हुन थालेका छन् ।

आईतवार लण्डनको मध्य भागमा संपन्न बिग हाफ़मा नेपाल रन यूकेका करीब १० जना धावक हरुले नेपाली पोशाक लगाएर किर्तिमान राखेका छन । गुन्युचोलो लगाएर अंजु सिग्देल, मूना गौतम, मनिसा लिम्बू लगायतले दौड़िएका थिए भने आत्माराम दाहाल , रबींद्र अधिकारी , राजेंद्र ओझा , चुरामणि रेग्मी लगायतले दौरा सुरुवाल लगाएर दौड़ संपन्न गरेका थिए । हालसम्म लण्डनका म्यारथनमा नेपाली पोशाकमा दौड़िएको यो पहिलो रेकर्ड रहेको बताईएको छ । नेपाली संस्कृति र परंपरालाई प्रबर्धन गर्ने प्रयासले यो गरीएको नेपाल रनका इभेंट कोर्डीनेटर तथा एनबीसी यूकेका सचिव रबीन्द्र अधिकारीले बताए । दौड प्रतियोगितामा बिभिन्न पोसाक र प्रक्रियाले दौड़िएर कीर्तिमान राख़्ने चलन रहेको छ ।

कार्यक्रममा सहजिकरण गर्न संस्थाका पदाधिकारी पाण्डव महतो , उदेश देवान लागायत पुगेका थिए भने रन्डर बोल्टका पदाधिकारी र धावकहरु पनि सहभागी थिए।

समुदायलाई तन्दुरुस्त राख्न निरन्तर गतिबिधि गर्दै आएको नेपाल रन युकेले आगामी नोभेम्बर ५ मा नर्थल्ट १० के रन आयोजना गरेको छ।
कार्यक्रममा सहभागी बनि एकअर्कालाई तन्दुरुस्त रहन सम्योजक सन्तोस राइले जानकारी दिए।

समुदायलाइ नै स्वास्थ्य र तन्दुरुस्त रहन प्रेरति गर्ने नेपाल रनको अभियानमा नेपालीहरुको उलेख्य सहभाभागिता साथै नया पुस्ताको उलेख्य सहभागिता रहेको नेपाल रनका जगन कार्कीले ।

नेपाल रनले समुदायलाई नै स्वास्थ्य रहन प्रेरित गर्ने अभियानमा सहभागी बन्नको लागि आगामी नोभेम्बर ५ तारिकको कार्यक्रमा सिमित सिट रहेकोले समयमा नै दर्ता गरेर सहभागी भै फाइदा लिन अनुरोध गरेका छन्। कार्यक्रममा सहभागी हुने प्रत्यक धावकले अमुल्य स्वास्थ्य लाभ लिने मात्र हैन टि सर्ट , मेडल पनि प्राप्त गर्ने छन् साथै परिवार र समाजलाई स्वास्थ्य रहन प्रोत्साहन पनि गर्ने कार्कीले बताए। कार्यक्रममा सहभागी हुन www.nepalrun.org मार्फत दर्ता गर्न सकिने बताईएको छ।

प्रतिक्रिया