अमेरिकाको मिशिगन तालमा सन् १८८० मा हराएको जहाजको भग्नावशेष फेला परेको छ । विस्कन्सिन हिस्टोरिकल सोसाइटी( ऐतिहासिक समाज )ले शुक्रबार सन् १८०० को दशकको उत्तरार्धदेखि हराइरहेको एउटा जहाज मिशिगन तालमा फेला परेको जनाएको छ ।
“जहाज दुर्घटनाका खोजकर्ता तथा इतिहासकारहरू ब्रेन्डन बेइलोड र बब ज्याकले यस वर्षको सुरुमा अल्गोमाबाट २७० फिट पानीमा स्कुनर ट्रिनिडाड जहाँजको भग्नावशेष भेट्टाएको सिएनएनले जनाएको छ ।
झन्डै १५० बर्ष भन्दा ज्यादा समय पछि उक्त जहाज फेला पारिएको छ । न्यूयोर्कमा १९६७ निर्मित स्कुनर ट्रिनिडाड, “क्यानालर” अर्थात् नहर जहाज थियो “विशेष गरी एरी र ओन्टारियो ताललाई जोड्ने वेल्यान्ड नहर पार गर्नको लागि बनाइएको थियो,” ऐतिहासिक समाजले उल्लेख गरेको छ ।
“यो जहाज मिलवाकी, शिकागो, बफेलो र ओस्वेगो बीचको ग्रेट लेक्स अन्न व्यापारको लागि बनाइएको थियो। ट्रिनिडाडले न्यूयोर्कबाट कोइला तथा फलाम ल्याएको र मध्यपश्चिमी क्षेत्र अन्न लिएर फर्किएको थियो ।
मे ११,१८८१ मा आफ्नो अन्तिम यात्रामा ट्रिनिडाड विस्कनसिनको तटबाट मिलवाकी तर्फ यात्रा गरिरहेको थियो जहाँ जहाज पानीले भरिन थाल्यो । तर
ट्रिनिडाड जहाजले यात्रा जारी राखे पछि जहाज अचानक र हिंस्रक रूपमा डुब्न थालेको सामाजिक संजालमा उल्लेख गरिएको छ । कप्तान र चालक दल तुरुन्तै जहाजबाट भागे र छालहरूसँग लड्दै चालक दल सानो डुंगालाई अल्गोमा (तत्कालीन अहनापी) मा पुर्याएका थिए भनि सिएनएनले जनाएको छ ।
ऐतिहासिक समाजले “उल्लेखनीय” खोजको प्रशंसा गरेको छ ।
प्रतिक्रिया