बिश्वकै सर्वाधिक सम्मानित र प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गर्ने नोबेल फाउन्डेसनलेरुस, बेलारुस र इरानलाई नोबेल पुरस्कार समारोहमा भाग लिन आमन्त्रित नगर्ने बताएको छ ।
नोबेल फाउन्डेसनले रुस ,बेलारुस र इरानको वार्षिक पुरस्कारको निम्तो रद्द गरेको छ ।
नोबेल फाउन्डेसनले शनिबार यो वर्ष स्टकहोममा आयोजना हुने नोबेल पुरस्कार समारोहमा भाग लिन रुस , बेलारुस र इरानका राजदूतहरूलाई आमन्त्रित नगर्ने बताएको छ। व्यापक आलोचना पछि पहिलेको निर्णयलाई उल्टाउँदै उनीहरुलाई नबोलाउने भएको रोयटर्सले जनाएको छ ।
गत वर्ष फाउन्डेसनले युक्रेनमा मस्कोको आक्रमणको कारण रूस र यसको सहयोगी बेलारुसका राजदूतहरूलाई बोलाएको थिएन ।
पुरस्कार विजेताहरूको घोषणा अक्टोबरको सुरुमा गरिन्छ र छ वटा नोबेल पुरस्कारमध्ये पाँचलाई प्रत्येक वर्ष स्टकहोममा मनोनयन प्रक्रिया पछि पुरस्कृत गरिन्छ जुन अर्को ५० वर्षसम्म गोप्य राखिन्छ। नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गरिन्छ जहाँ छुट्टै उत्सवहरू आयोजना गरिन्छ।
प्रतिक्रिया