युक्रेनी मानवरहित यान (ड्रोन)ले फेरि रुसको राजधानी मस्को र युक्रेनको सिमानामा रहेको दक्षिणपश्चिमी क्षेत्रलाई निशाना बनाएको रुसी अधिकारीहरूले शुक्रबार बताएका छन्।
मस्कोका नगर प्रमुख (मेयर )सेर्गेई सोब्यानिनले राजधानी नजिकै रहेको ड्रोनलाई राती हवाई सुरक्षाले खसालेको बताए। कुनै हताहत वा क्षति नभएको उनले बताए ।
यसैबीच कुर्स्क क्षेत्रमा पनि एक युक्रेनी मानव रहित यान (ड्रोन)ले शुक्रबार बिहान कुर्चाटोभ शहरलाई लक्षित गरेको गभर्नरले भने । कुर्स्कका गभर्नर रोमन स्टारोवोइटका अनुसार एक गैर आवासीय भवनमा ठक्कर दिँदा क्षति पुगेको छ । उनले पहिले दुई मानव रहित यान (ड्रोन)ले शहरलाई लक्षित गरेको बताएका थिए ।
रूसमा युक्रेनी ड्रोन आक्रमणहरू यस हप्ता बढेको छ। बुधवारको प्रारम्भमा रूसले गत वर्ष आफ्नो आक्रमण सुरु गरेदेखि सबैभन्दा ठूलो मानव रहित यान आक्रमण गरेको छ ।
मस्कोका नगर प्रमुखले बताए अनुसार अर्को युक्रेनी मानव रहित यान आक्रमणको खबर प्राप्त गरे पछि मस्को बिमानस्थलहरूमा सेवा गर्ने उडानहरू शुक्रबार फेरि अवरुद्ध भएका छन्।
प्रतिक्रिया