टेक्सोमा नेपाली समाजद्वारा शरमन शहरका नगर प्रमुखसँग भेटघाट

इनेप्लिज २०८० भदौ १३ गते १:२९ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको शरमन शहरमा स्थापित टेक्सोमा नेपाली समाजले शरमन शहरका नगर प्रमुख(मेयर) डेविड प्लाईलरसँग भेटघाट गरेको छ ।

नगर प्रमुखलाई भेट्न संस्थाका अध्यक्ष उज्ज्वल खड्काको नेतृत्वमा एक प्रतिनिधि मण्डल कार्यालय पुगेका थिए । अध्यक्ष खड्कका अनुसार टेक्सोमा नेपाली समाजको बारेमा नगर प्रमुख प्लाईलरलाई जानकारी गराउनुको साथै शरमन नगर भित्र र वरिपरि बसोबास गर्ने नेपालीहरुको प्रतिनिधित्व गरि नेपाल र नेपालीको अवस्थाबारे जानकारी गराइएको छ ।

साथै आउदै गरेको तीज कार्यक्रममा मेयर (नगर प्रमुख )लगायतको टोलीलाई आमन्त्रित गरिएको छ । प्रतिनिधि मण्डलले शरमन बिद्यालयको मुल्यांकन र श्रेणीको बारेमा छलफल गर्नुको साथै यसलाई सुधारको लागि नगर प्रमुखप्लाईलरले शरमन आइएसडीलाई पत्र लेख्ने र यस्को जानकारी समाजलाई दिने अध्यक्ष खड्काले ईनेप्लिजलाई बताए ।

यसको साथै शरमन शहरको कार्यक्रम पात्रोमा नेपाली समुदायलाई समायोजन गरि सामुदायिक कार्यक्रममा संलग्न गराउने र नेपाली सामुदायिक केन्द्रको लागी कुनै स्थान वा जग्गाको उपलब्धताको लागि नगर प्रमुख (मेयर)लाई अनुरोध गरिएको अध्यक्ष खड्काले भने ।

प्रतिक्रिया