अमेरिकी वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचले मस्को अदालतको निर्णयलाई नोभेम्बरको अन्त्यसम्म रुसमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णयलाई अपील गरेका छन ।
अमेरिकी पत्रकारलाई मार्चमा मस्कोबाट करिब २,००० किलोमिटर (१,२०० माइल) पूर्वमा रहेको येकातेरिनबर्ग शहरमा यात्राको क्रममा पक्राउ गरिएको थियो। सोभियत युगपछि रुसमा जासुसीको आरोपमा पक्राउ परेका उनी पहिलो अमेरिकी पत्रकार हुन्।
गेर्शकोविचलाई मुद्दा चलाउन अघि कारागारमा राख्ने अधिकार दिने आदेशको म्याद अगस्त ३० मा समाप्त हुदै थियो । मस्को नगर अदालतले बिहीबार अमेरिकी सरकारी अधिकारीहरू र जर्नलको आपत्ति जनाउँदै तीन महिनाको लागि हिरासतमा राख्ने आदेशलाई बढाएको छ ।
शनिबार अदालतको संजालस्थल (वेबसाइट)ले गेर्शकोविचको रक्षा टोलीले अपील गरेको देखाएको छ। अदालतले जुनमा उनलाई अगस्तको अन्त्यसम्म कारागार (जेल)मा राख्नको लागि अघिल्लो आदेशको उनको अपील अस्वीकार गरेको थियो ।
बिहीबार अदालतबाहिर भेला भएका पत्रकारलाई कारवाही हेर्न दिइएन भनि एबिसी७न्यूजले समाचार लेखेको छ । रुसी सरकारी संचार माध्यम टासले आपराधिक मुद्दाका विवरणहरू वर्गीकृत भएकाले सुनुवाइ बन्द ढोका पछाडि राखिएको बताएको छ।
रुसको मुख्य आन्तरिक सुरक्षा सँस्था संघिय सुरक्षा सेवाले ३१ वर्षीय गेर्शकोविचले “अमेरिकी पक्षको निर्देशनमा काम गर्दै रूसी सैन्य-औद्योगिक परिसरको एउटा उद्यमको गतिविधिको बारेमा रुसको गोप्य जानकारी संकलन गरेको” आरोप लगाएको छ। “
गेर्शकोविचले आरोप अस्वीकार गरेका छन । वाल स्ट्रिट जर्नलले बिहीबार एक विज्ञप्ति जारी गरी गेर्शकोविचको “अनुचित” नजरबन्द गरिएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “उनीमाथि लगाइएका आधारहीन आरोपहरू स्पष्ट रूपमा झूटा छन्, र हामी उनको तत्काल रिहाइको लागि दबाब जारी राख्छौं। पत्रकारिता अपराध होइन।”
सेप्टेम्बर १९८६ पछि केजीबीले अमेरिकी समाचार र विश्व समाचार सङ्कलन गर्नका लागि मस्को संवाददाता निकोलस ड्यानिलोफलाई गिरफ्तार गरेपछि रूसमा जासुसी आरोपको सामना गर्ने गेर्शकोविच पहिलो अमेरिकी सम्बाददाता हुन् ।
प्रतिक्रिया