हेर्दै छु मैले ओठमा मुस्कान……………    

इनेप्लिज २०८० भदौ ७ गते ११:२१ मा प्रकाशित

हेर्दै छु मैले ओठमा मुस्कान पलाएको छ

यो जीवनमा शान्तिको पाठ पढ्नु छ

आउँ आज हामीले शान्तिको दीप बाल्नु पर्छ

यो देशमा शान्तिको लागि बुद्ध जन्मनुपर्दछ

अब त सबैको मन मनमा शान्ति आउनुपर्छ

संसारले शान्तिलाई नै खोजी रहेको छ

कसरी लेखूँ मैले शान्तिको कथा

कता बाट रोजौँ यो शान्तिको यात्रा

मनका बिचार, भावनामा शान्ति छ कि

मुस्किलको यो जीवन यात्रामा शान्ति मिल्छ कि

युद्ध रोक, विकास गरौँ शान्ति मनमा पालौँ

समाजमा शान्ति स्थापना गर्न जनचेतना जगाउने गरौँ

शान्ति आए हुन्थ्यो नेपाल आमाले पुकार्थिन

देशमा शान्ति आए पो नेपाल आमा खुसी हुन्छिन्

हेर्दै छु मैले ओठमा मुस्कान पलाएको छ

यो जीवनमा शान्तिको पाठ पढ्नु छ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया