भारतमा पुल भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने कैयौं अझै बेपत्ता भएका छन् ।
उत्तरपूर्वी भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलगाडी पुल भत्किँदा बुधबार कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अझै धेरै बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रेल बिभागका अधिकारीहरूले पुल भत्किँदा करिब ४० जना कामदार रहेको बताएका छन्।
भारतको पूर्वी राज्य मिजोरमको आइजवल जिल्लाको सैरङ शहरमा अगस्त २३, २०२३ मा निर्माणाधीन रेलगाडी पुल भत्किएको दुर्घटनास्थलमा उद्धारकर्मीहरूले खोजी अभियान सञ्चालन गरिरहेका छन ।
प्रदेशको राजधानी आइजवलबाट करिब १२ किलोमिटर टाढा रहेको सहर सैराङमा यो भीषण दुर्घटना भएको हो ।
रेल बिभागका अधिकारीहरूका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको समाचार सिविएसन्यजले समाचारमा जनाएको छ।
प्रतिक्रिया