काठमाडौ, राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे शीतलनिवासमा बस्न लागेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । सुन तस्करी प्रकरणका कारण अवरुद्ध संसद् खुलाउने पहलका लागि राष्ट्रपतिले बैठक बोलाएका हुन् ।
यद्यपि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताबीच सुन तस्करी प्रकरणको छानबिनका लागि समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति भइसकेको छ ।
यस्तै, शीर्ष नेताहरूबीचको बैठकमा सदन खुलाउने विषयमा पनि सहमति भएको छ । एक महिनादेखि संसदमा जारी अवरोध हटाउन राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छुट्टै छलफल गरेका थिए ।
यस्तै, उनले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतसँग पनि परामर्श गरेका छन् ।
प्रतिक्रिया