काठमाडौं, समाजवादी मोर्चाको बैठक सुरु भएको छ। बैठक नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी छन् ।
बैठकले यसअघि नै निर्णय भइसकेको सात वटै प्रदेशमा मोर्चा बनाउने विषयलाई टुंगोमा पुर्याउने सम्भावना छ । यस्तै, विभिन्न ठाउँमा आमसभा गर्ने लगायका विषयमा पनि छलफल हुनेछ ।
यस्तै, सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया