एनआरएनए अन्तरराष्ट्रियको उपाध्यक्ष पदमा मेरिल्याण्डका जेदु पोखरेलको उम्मेदवारी

इनेप्लिज २०८० भदौ ४ गते ०:११ मा प्रकाशित

गैरआवासिय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड राज्यका संस्थापक अध्यक्ष तथा अमेरिकाका पूर्व उपाध्यक्ष समेत रहेका जेदु पोखरेलले गैरआवासिय नेपाली संघ,अन्तर्राष्ट्रीय समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

गैर आवासीय नेपाली संघ अभियानमा सशक्त रुपमा लागेका पोखरेलले आफ्नो कार्यकालमा अद्वितीय कामहरु गरि सफल नेतृत्व प्रदान गरि सकेका छन् ।

मेरिल्याण्ड राज्यको शाखा अध्यक्ष हुँदा एनआरएनएको इतिहास मै पहिलो पटक बिश्व मै सँस्था मार्फत नेपाली भाषामा चालक अनुमति पत्रको परीक्षा दिलाउन सफल भएका थिए । जुन त्यो भन्दा पहिले अमेरिकामा अंग्रेजी भाषामै जाँच दिनु पर्ने अवस्थामा थियो भने मेरिल्याण्ड पश्च्यात अन्य राज्यहरुमा रहेका एनआरएनए शाखाहरुले त्यसलाई पछ्याई हाल बिभिन्न राज्यहरुमा नेपाली भाषामै परीक्षा दिन पाइने भएको छ ।

यसको श्रेय उनलाई जाने र उनकै नेतृत्व उक्त काम भएकोले हाल केही राज्यहरुमा सरल हुन् पुगेको छ । उनि उपाध्यक्ष हुँदा गैर आवासीय नेपाली संघको भवन खरिद डिसी क्षेत्रमा हुनु पर्छ भनि सशक्त रुपमा आवाज र निरन्तर रुपमा वकालत गर्दै आएका पोखरेलले २०२३-२०२५ का लागि अगस्त २० का दिन आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

उनले उम्मेदवारी घोषणासंगै गैरआवासिय नेपाली संघ जस्तो थियो त्यस्तो छैन र जस्तो हुनुपर्ने हो त्यस्तो भएन। ८५ देशमा फैलिएको हाम्रो समाज जुन अनुपातमा अगाड़ी बढ्नुपर्ने थियो तर बढेन भनि यथार्थता लेखेका छन् ।

उनले हिजोलाई बिर्सौ आजैबाट शुरु गरौ भनि हौसला प्रदान गरेका छन् ।

उनले सामाजिक संजालमा प्रकाशन गरेका कुराहरु जस्ताको त्यस्तै पूर्ण पाठ :

आदरणीय बिश्वभरी छरिएर रहेका गैरआवासिय नेपाली साथिहरु,

गैरआवासिय नेपाली संघ जस्तो थियो त्यस्तो छैन र जस्तो हुनुपर्ने हो त्यस्तो भएन। ८५ देशमा फैलिएको हाम्रो समाज जुन अनुपातमा अगाड़ी बढ्नुपर्ने थियो तर बढेन ।झनझन,झनझन बिखण्डन तिर अगाडी बढ़दै गयो। हाम्रो छिमेकि मुलुक भारतका एनआरआईहरुले बिश्वका बिकसित मुलुकहरुसंग न्यूक्लियर डिल गर्छन तर हामी आफ्नै ब्याक्तिगत तथा राजनीतिक महत्वकांक्षा बाट माथि उठ्न सकिरहेका छैनौ।

आउनोस अब हिजोलाई बिर्सिदिउँ आजबाट शुरुगरौ। प्रतिस्पर्धा गरौ तर नतिजा पछि सबै एक हौ। जसरी पानीको बुँद-बुँद खसेर समुन्द्र बन्दछ त्यसरीनै इंसान इंसान मिलेर समाज बन्ने हो।

त्यसैले सर्वोत्तम एनआरएनए को लागी राजनीतिलाई टाढा राख्दै आगामी अक्टोवरमा हुनगईरहेको एनआरएनए आईसीसीको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवार हुने निश्चयगरेको यहॉहरुलाई अवगत गराउँदै ,यहॉहरुको साथ र सहयोगको लागी हार्दिक अनुरोध गर्दछु।

जय एनआरएन !
जेदु पोखरेल
उम्मेदवार,उपाध्यक्ष
गैरआवासिय नेपाली संघ,
अन्तर्राष्ट्रीय समन्वय परिषद ।
(२०२३-२०२५)

प्रतिक्रिया