युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार उत्तरी युक्रेनी शहर चेर्निहिभको केन्द्रमा भएको रुसी क्षेप्यास्त्र हमलाको कडा बदला लिने वाचा गरेका छन ।
एक दिन अघि ७ जनाको ज्यान गएको र झन्डै १५० जना घाइते भएका थिए।
“म विश्वस्त छु कि हाम्रा सैनिकहरूले यस आतंकवादी हमलाको लागि रुसलाई जवाफ दिनेछन्। ” जेलेन्स्कीले स्वीडेनको भ्रमणको अन्त्यमा आइतवारको सम्बोधनमा भने । उनले आक्रमणमा परी मृत्यु हुनेमा सोफिया नामकी ६ वर्षीया बालिकाको पहिचान गरेको र घाइते हुनेमा १५ बालबालिका रहेको पुष्टि गरेका छन् ।
चेर्निहिभ क्षेत्रका गभर्नर व्याचेस्लाभ चाउसले आइतवार घाइते हुनेको संख्या १४८ पुगेको बताए । रुसी सेनाले आइतवार बिहान कुपियान्स्क शहरमा आक्रमण गर्दा एक व्यक्तिलाई गम्भीर रूपमा घाइते बनाएको खार्किभ क्षेत्रीय गभर्नर ओलेह सिनेहुबोभले बताए।
जेलेन्स्की आइतवार नेदरल्यान्ड आइपुगेका छन् । जेलेन्स्कीले नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेलाई दक्षिणी शहर आइन्डहोभनमा रहेको सैन्य हवाई अड्डामा भेट्दैछन भनि एबिसीन्यूजले जनाएको छ ।
नेदरल्यान्ड्स र डेनमार्कलाई युक्रेनमा अमेरिकी निर्मित एफ-१६ पठाउनको लागि संयुक्त राज्य अमेरिकाले शुक्रबारको स्वीकृतिलाई कीभको लागि ठूलो प्रोत्साहनको रूपमा हेरिएको छ ।
रुसी हवाई रक्षाले आइतवार बिहान मस्कोतर्फ उडिरहेको मानवरहित यान (ड्रोन)लाई निस्क्रिय बनाएको छ । रुसी रक्षा मन्त्रालयले यसलाई “कीभ शासनद्वारा आतंकवादी हमला गर्ने प्रयास” भनेको छ।
रुसी सीमा क्षेत्रहरूमा मानवरहित यान आक्रमणहरू नियमित रूपमा हुने घटना हो। मे को सुरुमा क्रेमलिनमा मानवरहित यान ध्वस्त भएदेखि रुसी क्षेत्रभित्र गहिरो आक्रमणहरू बढ्दै गएका छन्।
प्रतिक्रिया